PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दाहाल र नेपालको प्रस्तावलाई लिएर भोलि काँग्रेसको बैठक



पहिलोपोस्ट

दाहाल र नेपालको प्रस्तावलाई लिएर भोलि काँग्रेसको बैठक

काठमाडौं : हिजो प्रतिनिधिसभा पुनर्स्थपन गर्न सर्वोच्च अदालतले फैसला सुनाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोनबाटै खुशी आदानप्रदान गरेका पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौं आएलगत्तै उनलाई भेट्न पुगेका छन्।

आज पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाको निवासमा दाहाल र नेपाल पुगेका हुन्। उनीहरुबिच आधा घन्टा छलफल भएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभा पुनर्स्थपना भएको खुशीयाली साटासाट भयो। साथै दाहाल र नेपालले मिलेर जाने प्रस्ताव गरेको उनले जानकारी गराए। 

'मिलेर जाउँ भन्ने कुरा भयो,' भानुले भने। उनका अनुसार दाहाल र नेपालबाट आएको प्रस्तावको विषयमा भोलि काँग्रेसमा छलफल हुने छ।
'उहाँहरुबाट आएको प्रस्तावबारे छलफल गर्न भोलि काँग्रेसको पदाधिकारी बैठक हुनेछ,' देउवाले भने। 

अदालतको फैसला आएसँगै अब सरकार कसरी अगाडी बढ्छ भन्ने विषय निकै चासोको विषय बनेको छ। नेकपा भित्र दुई गुट देखिदा बहुमतको सरकार बनाउन नेपाली कांग्रेसको भुमिका झनै अहम बनिरहेको समयमा अध्यक्ष दाहाल, नेपाल र सभापति देउवाको कुराकानी पनि महत्वपूर्ण देखिन्छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell