PahiloPost

May 16, 2026 | २ जेठ २०८३

काठमाडौं मेयर कप फागुन २२ गतेबाट, यी ५ टोलीको रहनेछ सहभागिता



पहिलोपोस्ट

काठमाडौं मेयर कप फागुन २२ गतेबाट, यी ५ टोलीको रहनेछ सहभागिता
प्रधानमन्त्री कपको फाइनलमा प्रतिस्पर्धा गर्दै आर्मी र एपीएफको टिम। फाइल फोटो।

काठमाडौं: काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने काठमाडौं मेयर कप फागुन २२ गतेबाट सुरु हुने भएको छ। क्यानले प्रतियोगिताबारे जानकारी गराउँदै ५ टोलीको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने जनाएको हो।

प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम रहने छन् भने अर्को टोली काठमाडौं महानगरपालिकाको टोली हुनेछ। महानगरपालिकाको टोलीमा सेमिफाइनसम्म नपुगेका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट खेलेका खेलाडी रहने क्यानले जनाएको छ।

प्रतियोगिता एकदिवसीय राउण्ड रोबिनका हिसाबले हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाए। त्यस्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि आजबाट स्थगित भएको छ। प्रतियोगिता पछि फेरि यसबारे निर्णय हुने प्याकुरेलले बताए।

यसअघि माघ ३० गते काठमाडौं महानगरपालिका र क्यानबीच काठमाडौं मेयर कप आयोजना गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार क्यानले चैत मसान्तसम्म क्यानले प्रतियोगिता आयोजना गर्ने र यसका लागि महानगरपालिकाले पचास लाख रुपैयाँ क्यानलाई प्रदान गर्ने सहमति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell