PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भारतको करिब ७ करोड आर्थिक सहयोगमा चम्पादेवी माविको पुनर्निर्माण सुरु



पहिलोपोस्ट

भारतको करिब ७ करोड आर्थिक सहयोगमा चम्पादेवी माविको पुनर्निर्माण सुरु

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार र दक्षिणकाली नगरपालिकाका मेयरले संयुक्त रुपमा शिलान्याश गरेर विद्यालय पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन्।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् स्थानीय समुदाय सदस्यहरुको उपस्थिति थियो।

६ करोड ८५ लाखको लागतमा पुनर्निर्माण हुन लागेको विद्यालय भूकम्प प्रतिरोधी हुनेछ। नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछन्। जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहने दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell