PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अर्थमन्त्री नआउने भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित



पूजा पन्थी

अर्थमन्त्री नआउने भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित

बुटवल : बिहीवार हुने भनिएको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम स्थगित भएको छ। अर्थमन्त्री विष्णु पौडेलबाट शिलान्यास हुने भनिएको भोलिको कार्यक्रम नहुने भएको हो।

अर्थमन्त्रीले समय दिन नभ्याउने भएपछि कार्यक्रम सारिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीले जानकारी दिए। एक हप्ताको लागि कार्यक्रम सारिएको भनिएपनि छलफल गरेर पछि मिति तोकिने उनले जानकारी दिए। दुई वर्षअघि डीपीआर तयार भएको औद्योगिक क्षेत्रको बिहीवार शिलान्यास गर्ने कार्यक्रम थियो।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि फेरिएको राजनीतिक माहोलका कारण मन्त्री तथा नेताहरुको व्यस्तता बढेको छ। त्यसैकारण अर्थमन्त्रीले समय उपलब्ध गराउन नसकेको अनुमान गरिएको छ। अर्कोतर्फ स्थानीयले पनि शिलान्यास कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका थिए।

मंगलवार औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउँदै स्थानीयहरुले ईआइए प्रतिवेदनमा आफूलाई समावेश नगरिएको, वर्षौँदेखि भोग चलन गर्दै आएको ठाउँबाट आफूहरुलाई विस्थापन गर्न लागिएको भन्दै अवरोध गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell