PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'कमेडी च्याम्पियन २' बन्नका लागि ६ हजारको सहभागिता, हुँदै २४ जनाबिच प्रतिस्पर्धा



पहिलोपोस्ट

'कमेडी च्याम्पियन २' बन्नका लागि ६ हजारको सहभागिता, हुँदै २४ जनाबिच प्रतिस्पर्धा

काठमाडौं : हाँस्य रियालिटी शो 'कमेडी च्याम्पियन'को दोस्रो संस्करण प्रसारणमा आउने भएको छ। बुधवार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ३५ वटा अंक कान्तिपुर टिभीमार्फत् प्रसारण हुने जानकारी दिइयो।

कार्यक्रमका लागि भदौ १५ गतेबाट डिजिटल अडिसन सुरु भएको थियो। असोज ३० सम्म खुला राखिएको अडिसनमा ६ हजारभन्दा बढीले सहभागिता जनाएको कार्यक्रम युनिटको दावी छ। तीमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको थियो। र, हाल उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन्।

विशाल भण्डारी निर्देशित कार्यक्रम फागुन २१ गतेबाट हरेक शुक्रवार र शनिबार बेलुका ९:१० बजे प्रसारण हुनेछ। निर्णायकहरू सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्। विजेताले कारसहित २५ लाख नगद पुरस्कार पाउने छन्।

अघिल्लो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त बनेका थिए।

'थ्रि प्रोडक्सन'ले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell