PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बुटवल : बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका-१२ जितगढीमा बुटवलतर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका-७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते पन्थीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell