PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दृश्यमा प्रतिनिधिसभा पुनर्स्थापनाको खुशी

दृश्यमा प्रतिनिधिसभा पुनर्स्थापनाको खुशी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठहर्‍याउँदै पुनर्स्थापनाका लागि सुनाएको फैसलाको स्वागतमा देशभर हर्षोल्लासका साथ खुशीयाली मनाइँदैछ। आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु मंगलबार राति देखि नै सडकमा उत्रिएर विजय जुलस निकालिरहेका छन्।

बुधवार पनि नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताहरुले राजधानीमा विजय र्‍याली निकाले। एकआपसमा अबिर ढलेर उनीहरुले खुशी साटासाट गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। उनको विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहजै स्वीकार गरेकी थिइन्। त्यसविरुद्ध परेका मुद्दाहरुको हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएको थियो। फैसलामा प्रधानमन्त्री ओली र राष्ट्रपति दुवैका कदमलाई गैर संवैधानिक ठहर्‍याइएपछि विजय र्‍यालीहरु आयोजना गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell