PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा बुटवलमा प्रचण्ड-नेपाल समूहले निकाल्यो विजय जुलुस



पहिलोपोस्ट

प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा बुटवलमा प्रचण्ड-नेपाल समूहले निकाल्यो विजय जुलुस

बुटवल : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेको खुशीयालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षले देशका विभिन्न स्थानमा विजय जुलुस निकालेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गरी निर्वाचनको घोषणा गरेपछि यो समूहले देशव्यापी आन्दोलन गरेको थियो। बुटवलको राजमार्ग चौराहबाट शुरु भएको बाजागाजासहितको विजय जुलुसले नगरपरिक्रमा गरेपछि ट्राफिकचौकमा पुगेर कोण सभा गरिएको थियो।

कोणसभालाई नेकपा रुपन्देहीका अध्यक्ष राजु गुरुङ, केन्द्रीय सदस्य बामदेव क्षेत्रीलगायतका वक्ताले सम्बोधन गरेका थिए। जुलुसमा सहभागी नेकपाका कार्यकर्ताहरुले संसद पुनर्स्थापनले जनताको जित भएको बताएका थिए।

मंगलवार फैसला आएपछि प्रचण्ड-नेपाल पक्षले विभिन्न क्षेत्रमा दिपावलीसमेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell