PahiloPost

May 16, 2026 | २ जेठ २०८३

माफिया डन 'गंगूबाई काठियावाडी'को बायोपिकको प्रदर्शन मिति तय



पहिलोपोस्ट

माफिया डन 'गंगूबाई काठियावाडी'को बायोपिकको प्रदर्शन मिति तय

कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावाडीको रियल लाइफ 'हिरोइजम' रिलमा उतार्ने फिल्मको प्रदर्शन मिति तय भएको छ। 'गंगूबाई काठियावाडी' नाम दिइएको फिल्म आउँदो जुलाई ३० देखि प्रदर्शनमा आउने भएको हो।

फिल्म निर्देशक संजय लिला भंशालीको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक हुन लागेको हो।

फिल्ममा आलिया भाट्को मुख्य भूमिका रहेको छ। फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ।

भंशाली प्रोडक्सनले फिल्मको सेयर गर्दै लेखेको छ - 'उग्र, साहसी उनी शासन गर्न तयार छिन्।' फिल्मको टिजर समेत बुधवार रिलिज भएको छ। 

हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित फिल्मले गंगूबाईको गोपनीयता र स्वतन्त्रता भङ्ग गरेको साथै आतमसम्मानमा चोट पुर्‍याएको भन्दै कानुनी विवादमा परेको थियो। गंगूबाईका धर्मपुत्र बाबुजी रावजी शाहले फिल्म निर्देशक, लेखक र अभिनेत्रीविरुद्ध मानहानीको आरोपसहित निवेदन दिएका थिए। हाल उक्त विवाद मेलमिलापमा पुगेर टुंगियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell