PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उर्लाबारीका प्रवीण बास्तोलाको हत्या भएको प्रहरीको दावी, निष्पक्ष छानबिनबाट दोषीलाई कारबाही गरिने



पहिलोपोस्ट

उर्लाबारीका प्रवीण बास्तोलाको हत्या भएको प्रहरीको दावी, निष्पक्ष छानबिनबाट दोषीलाई कारबाही गरिने
मोरङ प्रहरी प्रमुख सन्तोष खड्का।

विराटनगर : मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा उनको हत्या भएको प्रहरीले दावी गरेको छ। उक्त घटनाको निष्पक्ष छानबिन गरी अनुसन्धान गरिरहेको र कुनैपनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए।

बुधवार मोरङ जिल्ला प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी मृतक बास्तोलाको हत्या भएको प्रहरीले जानकारी दिएको हो। प्रमुख खड्काका अनुसार भिसेरा रिपोर्टको आधारमा गरिएको अनुसन्धानबाट उनको हत्या भएको देखिएको हो। जसमा मृत्युको कारण ‘भ्वाइलेन्ट एक्पेक्सिया’ देखिएको खड्काले बताए।

उनका अनुसार पीडित परिवारले मृतकको फोटो परिवर्तन गरिएको भनि विरोध जनाएका थिए। जसको छानबिन गर्न प्रहरी नायव उपरीक्षक मान बहादुर राईको नेतृत्वमा छानबिन गठन भइसकेको हुँदा प्रहरीले किर्ते गरी कागज बनाउन नसक्ने उनको भनाइ छ। त्यसैले समिति मार्फत के?, किन? र कुन आशयले फोटो परिवर्तन भयो भन्ने विषयमा केन्द्रित प्रतिवदेन आउने पनि उनले बताए।

खड्काले मृतकको परिवारमा धेरै नै आशंका उब्जिएको देखिएकाले उनीहरुलाई प्रहरीसँग समन्वय र सहकार्य गरी अगाडि बढ्न आग्रह गरे। जसले दुवै पक्षलाई सहज हुने भन्दै उक्त घटनाको सम्बन्धमा प्रहरीले त्रुटि रहित ढंगबाट अनुसन्धान गर्नेमा पनि जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell