PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अदालतले ओलीको फासिवाद त असफल बनायो, राज्यसत्ता परिवर्तनका लागि क्रान्ति भने जारी नै छ : मोहन वैद्य



पहिलोपोस्ट

अदालतले ओलीको फासिवाद त असफल बनायो, राज्यसत्ता परिवर्तनका लागि क्रान्ति भने जारी नै छ : मोहन वैद्य

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले उल्टाएसँगै ओलीको निरंकुशतावाद असफल भएको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले प्रतिक्रिया दिएका छन्।

उनले वक्तव्य जारी गर्दै भनेका छन्- 'सर्वोच्च अदालतद्वारा गरिएको यस फैसलाले ओलीको निरङ्कुशतावाद तथा फासिवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको छ।'

प्रतिनिधिसभा पुन:स्थापना भए पनि संकटको निकास भने नहुने उनले बताएका छन्। 'हाम्रो पार्टीले उक्त विषयबारे आफ्नो अभिमत प्रकट गर्दा प्रतिनिधि सभाको पुनःस्थापना वा मध्यावधि निर्वाचन मध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिदै आएका सङ्कटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन सक्दैन भनेर ठोकुवा गरेको थियो।'

वक्तव्यमा अगाडि भनिएको छ, 'तसर्थ हाम्रो पार्टी वर्तमान राज्यसत्ता तथा व्यवस्था भित्रको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि सङ्घीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठान्दछ र त्यसका निम्ति हाम्रो सङ्घर्ष जारी नै रहने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell