PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव



निशा गुरुङ

हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव

हेटौँडा : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुशीयालीमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा बुधवार विजय र्‍याली निकालेको छ। हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्‍याली निकालेका हुन्।

उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई’, ‘केपी ओली वी हेट यू’ नारा लगाएका थिए। उक्त र्‍यालीले हेटौँडाको मुख्य-मुख्य चोकहरुको परिक्रमा गर्दै सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर सह-इन्चार्ज कुमारी मोक्तानले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको बताइन्। प्रतिनिधिसभा पुनर्स्थापना हुनु सबै नेपालीको जित भएको उनको भनाइ थियो। अझै अर्को लडाइँ बाँकी नै रहेको उनले बताइन्।

‘अब निर्वाचन आयोगले हामीलाई सही विधि र प्रकृयाको आधारमा वैधानिकता दिन्छ र हाम्रो जित हुन्छ,’ उनले भनिन्, ‘अब सूर्य चिन्ह पनि हामीले नै पाउँछौँ।’

त्यस्तै, सभामा बोल्दै नेकपा नेतृ मुनु सिग्देलले आफ्नो नेतृत्व गलत बाटोमा लाग्दासमेत पदको लोभमा चुप लागेर बस्दा यो अवस्था आएको बताइन्। उनले मकवानपुरको विकास अवरुद्ध गर्ने मान्छेहरु चिन्न जनतालाई आग्रह गरिन्।

त्यस्तै, नेकपा प्रचण्ड-नेपाल समूहका नेता प्रेम बहादुर पुलामीले जनताको जित भएको भन्दै खुशी व्यक्त गरे। उनले केही गुटका मानिसहरु चुनाव देखेर भागेका भन्नेहरुलाई अब केपी समूहका साथीहरुलाई चुनावमा बत्ती बालेर खोज्नु पर्ने अवस्था आउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell