PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

दश खेलाडीमा सीमित एट्लान्टामाथि रियल मड्रिडको संघर्षपूर्ण जित



पहिलोपोस्ट

दश खेलाडीमा सीमित एट्लान्टामाथि रियल मड्रिडको संघर्षपूर्ण जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटलियन क्लब एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ। राउण्ड अफ १६ मा यी टोलीबीचको पहिलो लेगमा घरेलु टोली एटलान्टला रियल मड्रिडसँग १-० ले पराजित भएको हो।

खेलको पहिलो हाफमा एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलेर रेड कार्ड खाँदै बाहिरएका थिए। १७ औं मिनेटमा राम्रो गोल गर्ने अवसर पाएका फेरल्याण्ड मेन्डीलाई फउल गरेपछि उनी रेडकार्ड खाँदै बाहिरिएका थिए।

दोस्रो हाफमा मेन्डीले नै गोल थप्दै मड्रिडको जितमा निर्णायक बने। उनले खेलको ८६ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका थिए।

यी दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा मड्रिडको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell