PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्यानचेस्टर सिटीको सहज जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सहज जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीको पुस्कस एरेनामा सम्पन्न अन्तिम १६ को खेल अन्तर्गत यी दुई टोलीबीचको पहिलो लेगमा सिटीले २-० गोलअन्तरले जित निकालेको हो।

सिटीको जितमा बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। खेलको २९ औं मिनेटमा सिल्भाको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिल्भाकै पासमा जिससले गोल गरे। उनले खेलको ६५ औं मिनेटमा गोल गर्दा सिटीले सहज जित निकालेको हो।

यी दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा सिटीको घरेलु मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell