PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मास्टर सेफ युकेमा स्वादको जादु चलाएका सन्तोष साह फर्किए नेपाल

मास्टर सेफ युकेमा स्वादको जादु चलाएका सन्तोष साह फर्किए नेपाल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मास्टर सेफ 'युके'मा फस्ट रनर अप भएका सन्तोष साह नेपाल आएका छन्। आज काठमाडौं ओर्लिएका साहको त्रिभुवन विमानस्थलमा स्वागत गरिएको हो।

नेपालका सेफहरुले विमानस्थल परिसरमा नै उनको स्वागत गरेका थिए। मास्टर सेफमा नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको थियो।

बेलायतमै बस्दै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन्। सात दाजुभाइ दिदी बहिनीमध्ये सबैभन्दा कान्छा हुन् उनी। बुवाको मृत्यु हुँदा उनी भर्खर ५ वर्षका थिए। त्यसैले उमेरले १० वर्षको मात्र हुँदा देखि नै काम गर्न थाले। स्थानीय बजारहरूमा प्लास्टिकको झोला बेच्थे। पाउरोटी किन्थें र त्यसलाई बजारमा लगेर बेच्थें।उनले आफ्नो जिल्लामा नहर निर्माण परियोजनामा समेत काम गरे।

कक्षा १० सम्म पढेका उनले एसएलसी उतिर्ण गर्न सकेनन्। त्यसैले १५ वर्षकै उमेरमा भारतको गुजरात हान्निए। कामको खोजीमा। सन्तोषले अहमदाबादको एक रेस्टुरेन्टमा भाडा माझ्ने काम सुरु गरे। एकपछि अर्को होटलमा काम गरे तर उनको नयाँ कुरा सिक्ने भोक उस्तै रह्यो। भाडा मात्र माझेनन्। पकाउन सिके। अंग्रजी सिके। र, होटल व्यवस्थापनमा डिप्लोमा गरे। सात वर्षमै उनी एक पाँच तारे होटलको कार्यकारी सेफ बने।

सन्तोषले भारतमा खानेकुराहरूको महोत्सव समेत आयोजना गरे। उक्त महोत्सवले तारिफ बटुल्यो। उनको क्षमता बारे धेरैले थाहा पाए। लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको फोन आयो। जसले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे। उनी सन् २०१० मा त्यहाँ गए। तर, त्यो सन्तोषले चाहेको काम थिएन। नोकरी छाडे र डिसुम नामको एक स्टुरेन्टमा काम गर्न थाले। बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे।

३५ वर्षीय सन्तोषले मास्टरसेफमार्फत् धेरैको मन जितेका छन्। सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell