PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ब्राह्मण समाजको विरोधपछि हटाइयो ‘पोगारु’का १४ दृश्य



पहिलोपोस्ट

ब्राह्मण समाजको विरोधपछि हटाइयो ‘पोगारु’का १४ दृश्य
Photo: Times of India

ब्राह्मण समुदायको विरोधपछि ध्रुब सरजा र रश्मिका मंडाना अभिनित ‘पोगारु’ फिल्मको विवादित १४ सिन हटाइएको छ। कर्नाटक ब्राह्मण विकास बोर्ड र कर्नाटक फिल्म चेम्बर अफ कमर्सबीचको बैठकपछि निर्माताले यो निर्णय लिएका हुन्। फिल्म र यसका निर्माताहरुलाई दृश्यहरू मार्फत ब्राह्मण समाजको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको थियो।

१९ फेब्रुअरी मा हलमा रिलिज भएको फिल्म पोगारु कोरोना महामारीको बीचमा प्रदर्शित ठूलो बजेटको फिल्म हो। जुन फिल्मलाई ब्राह्मण समाजलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ। ब्राह्मण समाजले केही संवाद र दृश्यहरूमा आपत्ति दर्ता गरेर निरन्तर विरोध गरिरहेको थियो। बुधवार कर्नाटक फिल्म चेम्बर अफ कमर्सका अध्यक्ष जयराजले निर्माताहरूले फिल्मको विवादास्पद दृश्यहरू हटाउन सहमत भएको कुरा जानकारी दिए।

कस्ता दृश्यहरू थिए फिल्ममा

फिल्मको एक दृश्यमा केही गुन्डाहरूले ब्राम्हणहरूसँग हवन गरिरहेका छन्। अर्को दृश्यमा गुन्डाले ब्राह्मणको काँधमा खुट्टा राखेको देखाइएको छ। बाँकी विवादित दृश्यहरू पनि यस्तै छन्। यस विवादास्पद दृश्यहरू हटाउने निर्णय गर्ने क्रममा फिल्मका निर्देशक नन्दकिशोरले आफूले कसैको भावनामा चोट पुर्‍याउन नचाहेको भन्दै माफी मागे। फिल्मबाट यी दृश्यहरू हटाएपछि फिल्म कुनै पनि प्रकारले प्रभावित नहुने भन्दै दर्शकलाई आश्वसन समेत दिए।

भाजपाले गरेको थियो रिलिज रोक्न माग

मंगलवार कर्नाटककी भाजपा नेता शोभा करन्डलाजेले सोसल मिडियामा फिल्मको विरोध गर्दै लेखिन्, ‘हिन्दुहरूको अपमान र हाम्रो भावनामा चोट पुर्‍याउने फेसन बनेको छ। के उनीहरूलाई अन्य धर्महरूको पनि यस्तै देखाउने हिम्मत छ। जबसम्म विवादित दृश्यहरू हटाइदैन। तब सम्म फिल्मको रिलिज रोकिदिनु पर्छ। हिन्दु भावनामाथि चोट पुर्‍याउनेलाई वेवास्ता गर्न सकिदैन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell