PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

३१ सहसचिवको सरुवा, गृह र अख्तियारमा साटासाट, अरु कसको सरुवा कहाँ? (सूचीसहित)



पहिलोपोस्ट

३१ सहसचिवको सरुवा, गृह र अख्तियारमा साटासाट, अरु कसको सरुवा कहाँ? (सूचीसहित)

काठमाडौं : सरकारले सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकबाट ३१ जना सहसचिवहरुको सरुवाको निर्णय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय लगिएको छ। आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्र प्रसाद रिजाल र शिवकुमार कार्कीलाई सरकारले गृह मन्त्रालय पुर्‍याएको छ। गृहका अर्जुन कुमार शर्मा र रमेश शिवाकोटीलाई अख्तियारमा लगिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मातहतकै सम्पत्ति शुद्धिकरण विभागका सहसचिव रुपनारायण भट्टाराईलाई राष्ट्रपति कार्यालय पुर्‍याइएको छ।

सहसचिव शोभाकान्त पौडेलको सरुवा प्रदेशबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ।

सरुवाको सूची:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell