PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

५ करोडको लागतमा मैथिली विकास कोषले आफ्नै भवन बनाउँदै, मन्त्री सोनलले गरे शिलान्यास



पहिलोपोस्ट

५ करोडको लागतमा मैथिली विकास कोषले आफ्नै भवन बनाउँदै, मन्त्री सोनलले गरे शिलान्यास

जनकपुरधाम : मैथिली विकास कोष जनकपुरधामले करिब ५ करोडको लागतमा आफ्नो आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ। कोषले ३ कठ्ठा जग्गामा सुविधा सम्पन्न तीन तले भवन बनाउने लक्ष्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित सीताकुण्ड नजिकैको जग्गामा शिलान्यास गरेको कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए।

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भवनको शिलान्यास गरेका हुन्। कोषलाई भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्काल ३० लाख रूपैयाँ सहयोग गरेको र थप सहयोग गर्न पनि प्रदेश सरकार सकारात्मक रहेको अध्यक्ष चौधरीले बताए।

शिलान्यास कार्यक्रममा नेकपा प्रदेश २ को संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादव, जसपाका प्रमुख सचेतक परमेश्वर साह, कोषका संस्थापक अध्यक्ष एवं बरिष्ठ साहित्यकार डा राजेन्द्र बिमललगायतको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell