PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पूर्वसभामुख ढुंगानाले अवहेलना मुद्दामा सर्वोच्चलाई बुझाए लिखित जवाफ



पहिलोपोस्ट

पूर्वसभामुख ढुंगानाले अवहेलना मुद्दामा सर्वोच्चलाई बुझाए लिखित जवाफ

काठमाडौं: पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका छन्।

ढुंगानाले अदालतले संविधानअनुसार फैसला नगरे न्यायाधीशहरुलाई घिसारेर सडकमा ल्याउनुपर्ने अवस्था आउन सक्ने चेतावनीमूलक अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दायर गरेका थिए।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले म्याद तामेलीको ७ दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो।

ढुंगानाले जनताको संयमित तथा जिम्मेदारीपूर्ण खबरदारी कदाचित अवहेलनाको विषयवस्तु मानिन वा हुन नसक्ने जवाफ सर्वोच्चलाई दिएका छन्। उनले आफ्नो अभिव्यक्ति संविधानका पक्षमा खबरदारी मात्रै भएको र अदालतलाई बाधा अवरोध गर्ने कुनै मनसाय नभएको पनि स्पष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell