भारत र इङ्ग्ल्याण्डबीच जारी चार म्याचको टेस्ट सिरिजको तेस्रो म्याचमा भारतले जित निकालेको छ। अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियममा सम्पन्न तेस्रो म्याच दोस्रो दिनमै सकिएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड पहिलो पारीमा ११२ रनमा समेटिएको थियो। जसमा अक्षर पटेलले ६ र रविचन्द्रन अश्विनले ३ विकेट लिँदा इङ्ग्ल्याण्डको ब्याटिङ जम्न सकेको थिएन। त्यस्तै जवाफी ब्याटिङमा उत्रिएको भारत पनि रोहित शर्माको ६६ रन र बिराट कोहलीको २७ रनको सहायतामा पहिलो पारीमा १४५ रनमा समेटियो। जसमा जोय रुटले ५ र ज्याक लिचले ४ विकेट लिँदा भारतको पनि ब्याटिङ जम्न सकेन।
त्यस्तै इङ्ग्ल्याण्डको दोस्रो पारीमा अझ फितलो ब्याटिङ देखियो। बेन स्टोकको सर्वाधिक २५ रन र जोय रुटको १९ रनको सहयतामा मात्र ८१ रनमा इङ्ग्ल्याण्ड समेटियो। इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न यसपटक अक्षर पटेलले ५ र रबिचन्द्रन अश्विनले ४ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले विकेट नगुमाउँदै लक्ष्य पुरा गर्दा १० विकेटको जित निकाल्यो। भारतका लागि रोहित शर्माले अभिजित २५ रन बनाउँदा शुभमन गिलले १५ रन बनाए।
योसँगै टेस्ट सिरिजमा भारतले २-१ ले अग्रता बनाएको छ।