PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

महिला फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्स



पहिलोपोस्ट

महिला फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्स

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गर्दै आएका फिलिप्सलाई एन्फाले आज राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो।

एन्फाको पाँच सदस्यीय टेक्निकल कमिटीले उनलाई सिफारिस गरेको थियो। फिलिप्सको नयाँ करार २०२१ जनवरी १ बाट सुरु हुनेछ।

फिलिप्ससँग मलेसिया, फिलिपिन्स र भियतनामका क्लबहरुमा प्रशिक्षण दिएको अनुभव भएको एन्फाले जनाएको छ।

यसअघि महिला टोलीको मुख्य प्रशिक्षक रहेका हरि खड्काले १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाली महिला टोली भारतसँग पराजित भएपछि राजीनामा दिएका थिए।

एएफसी वुमन्स एसियन च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको ट्रेनिङ चाँडै सुरुहुने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell