PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा
Photo: Getty Images

यूईएफए युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरी खेलेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड समग्रमा ४-० को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोली युनाइटेड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो।

खेलको १२ औं मिनेटमा पेनाल्टीको अवसर पाएको सोसिडाडका मिकेल ओयार्जबल चुकेका थिए।

यसअघि टुरिनमा सम्पन्न पहिलो लेगमा युनाइटेडले ४-० को सानदार जित निकालेको थियो। जसमा ब्रुनो फर्नान्डेजले दोहोरो गोल गर्दा मार्कस रासफोर्ड र ड्यानियल सेम्सले समान १/१ गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनलले बेनफिकालाई हराउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गर्‍यो। गएरातिको खेलमा ३-२ गोलअन्तरले जित निकालेको आर्सनलले समग्रमा ४-३ गोलअन्तरको जित निकाल्दै अन्तिम १६ मा पुगेको हो। आर्सनलको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा किइरन टिअर्नेले एक गोल थपे। उता बेनफिकाका लागि डिओगो गोनकाल्भेस र राफा सिल्भाले १/१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell