PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माइतीघरमा कानुनी राज्यको माग, उत्रिए लेखकदेखि अभियन्तासम्म

माइतीघरमा कानुनी राज्यको माग, उत्रिए लेखकदेखि अभियन्तासम्म

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा सडक विस्तारबाट आदिवासीहरुाई विस्थापित बनाइएको र मातृभाषा बोल्दा प्रहरीले दमन गरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। नेप सम्पदा संरक्षण गर्नुपर्ने मागसहित आज बिहान माइतीघर मण्डलमा विरोध प्रर्दशन भएको छ।

नेवा: देय दबूको संयोजनमा विभिन्न नेवार संगठन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, बृहत नागरिक आन्दोलनको संयुक्त आयोजनमा विरोध प्रदर्शन गरिएको हो। 

बालाजु बाइपासमा सडक विस्तारका क्रममा घर बिहिन बनेकाहरु र अभियन्ताहरुलाई रिहा गर्न माग गर्दै आन्दोलन गरिएको हो। सडक विस्तारका क्रममा घर भत्काएर खाली गरिएको स्थानमा सूचना केन्द्र बनाउन लागेपछि केही दिन अघि पीडितहरुले सडकमा ठड्याएका जस्तापाता निकालिदिएका थिए। त्यसक्रममा प्रहरीले मीन शाह, महेश्वर मानन्धर, संजय तामाङ, दीपेन श्रेष्ठ लगायतलाई पक्राउ गरि बालाजु वृत्तमा लगेको थियो। त्यसपछि उनीहरुलाई रिहा गर्न भन्दै सडक विस्तारविरुद्ध लागिरहेका अभियन्ताहरु वृत्त पुगेका थिए। त्यसक्रममा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष समुन सयामिले नेपाल भाषामा पक्राउ परेकाहरु सँग संवाद गर्न खोज्दा प्रहरी कार्यालयमा विवाद भएको थियो। मातृभाषामा बोल्दा रोकेको भन्दै प्रहरीसँग भएको विवाद पछि सायमि लगायतलाई समेत पक्राउ गरिएको थियो। अभियन्ताहरुले उनीहरुलाई झुटो मुद्दा लगाएर नियन्त्रणमा लिएको आरोप लगाएका छन्।

विकासका नाममा प्रतिगमन गरेको भन्दै आज माइतीघरमा नागरिक अगुवा, कवि, कलाकार लगायत प्रर्दशनमा सहभागी थिए। उनीहरुले पक्राउ परेका स्थानीय र अभियान्तालाई पनि तत्काल रिहा गर्न माग समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell