काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाइएको हो। नियमित एजेण्डाका विषमा छलफल गर्नको लागि बैठक बोलाएको खानेपानी मन्त्री मणि थापाले बताए।
'५ बजेको लागि बैठक बोलाउनु भएको छ। नियमित एजेन्डामा नै छलफल हुनेछ,' मन्त्री थापाले भने।
प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्रीलाई राजीनामा दिने दबाव परेको छ। तर, उनी राजीनामाको मुडमा देखिएका छैनन्।
अदालतको आदेशअनुसार फैसलाको मितिले १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान हुनेछ। अधिवेशन आह्वान भएसँगै नेकपाको दाहाल-नेपाल समूहले दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्नेछ। मन्त्रिपरिषद्को बैठकमा पछिल्लो घटनाक्रमको विषयमा र भावी रणनीतिको विषयमा छलफल हुनेछ।
