PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'सरदार' लाई हटाउँदै गुजरातमा मोदीको नाममा स्टेडियम, कंग्रेसले विरोध गर्दा उठ्यो 'गान्धी नेहरु'को नाम



पहिलोपोस्ट

'सरदार' लाई हटाउँदै गुजरातमा मोदीको नाममा स्टेडियम, कंग्रेसले विरोध गर्दा उठ्यो 'गान्धी नेहरु'को नाम

कुनै क्रिकेट म्याच चलिरहँदा यदि चर्चा हारजितको नभएर स्टेडियमको नामलाई लिएर भयो भने त्यो अलि अनौठै सुनिन्छ। भारत र इङ्ग्ल्याण्डबीच अहमदाबादमा टेस्ट चलिरहँदा स्टेडियमको नामलाई लिएर सामाजिक सञ्जालमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की नै परिरहेको छ।

भारत र इङ्ग्ल्याण्डबीचको ४ खेलको टेस्ट सिरिजमा तेस्रो खेल बिहीवार नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भयो। तेस्रो खेल सकिनुभन्दा अघि सम्म खेल त्यति चर्चामा थिएन न त  स्टेडियमकै चर्चामा थियो।

गुजरात क्रिकेट स्टेडियमले विश्वकै ठूलो स्टेडियमको नाम परिवर्तन गर्दै नरेन्द्र मोदी स्टेडियम राखिदियो। बुधवार यसको घोषणा गरेको थियो। यसअघि भने उक्त स्टेडियमको नाम भारतीय स्वतन्त्रता संग्राममा अहम भूमिका खेलेका सरदार बल्लवभाइ पटेलको नाममा थियो।

तर, जब  नरेन्द्र मोदीको नाममा स्टेडियमको नाम रहेको कुरा खुल्यो, मिडिया र सामाजिक सञ्जाललगायतमा खेलमा राजनीति घुसेको चर्चा सुरु भयो। खेल छायामा पर्‍यो। 

प्रतिपक्षि दल भारतीय कंग्रेसको आरोप छ कि पहिलो यो स्टेडियमको नाम सरदार पटेल स्टेडियम थियो। यसलाई बदलेर नरेन्द्र मोदी स्टेडियम राख्नु पटेलको अपमान भएको दाबी कंग्रेसले गरेको छ।

'पहिलो महात्मा गान्धीको 'खादी क्यालेन्डर' बाट गायब गरियो र अहिले मोरटा स्टेडियमबाट सरदार पटेललाई। जानी राख्नु, 'बापु' र 'सरदार' को नाम भाजपाहरुले कहिल्यै हटाउन सक्ने छैनन्।'

कांग्रेसको यी आरोपहरुको जवाफ भाजपाका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले दिएका छन्।

'पुरा कम्प्लेक्सको नाम सरदार पटेल स्पोर्टस् एन्क्लेब हो। स्टेडियममात्रैको नाम नरेन्द्र मोदीको नामबाट राखिएको हो,' जावडेकरले भनेका छन्, 'विडम्बना यो हो की जुन 'परिवार' सरदार पटेलको निधन पछि पनि सम्मान गरेन तिनीहरुनै आज हल्ला गरिरहेका छन्।'

स्टेडियमको नाम पहिला के थियो?

स्टेडियमको नामलाई लिएर यति बहस चलिरहँदा मुख्य कुरा यो हो की पहिला स्टेडियमको नाम के थियो। यसको लागि थोरै पृष्ठभूमिमा जानुपर्ने हुन्छ।

गुजरातका वरिष्ठ खेलपत्रकार तुषार त्रिवेदीले बीबीसीसँग भनेका छन्: १९८३ मा यो स्टेडियम बनिँदा यसको नाम गुजराज स्टेडियम थियो। त्यतिबेला नौ महिनाभित्रै बनिसकेको यो स्टेडियमलाई तत्कालीन राष्ट्रपति ज्ञानी जैल सिंहले शिलान्यास गरेका थिए।

'यो स्टेडियममा पहिलो म्याच भारत र वेस्ट इण्डिजबीच खेलाइएको थियो।' उनी भन्छन्, 'सन् २०१५ मा यसको पुनर्निर्माण सुरु भएयता यस स्टेडियममा कुनै खेल भएनन्।'

अघिल्लो वर्ष फेब्रुअरीमा यही स्टेडियममा तत्कालीन अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न यस स्टेडियममा 'नमस्ते ट्रम्प' कार्यक्रम आयोजना गरिएको थियो। त्यतिबेला पनि यो स्टेडियम चर्चामा आएको थियो।

यो स्टेडियम सिट क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो स्टेडियम हो।

'सन १९९४/९५ मा यो स्टेडियमको अगाडि सरदार बल्लभभाई पटेलको नाम जोडियो,' त्रिवेदी भन्छन्, 'स्टेडियम मोटेरा क्षेत्रमा भएकाले यो नाम जोडेपछि स्टेडियमको नाम बन्यो 'सरदार पटेल गुजरात स्टेडियम, मोटेरा'। अहिले स्टेडियमको नाम तेस्रो पटक फेरियो। र, नाम भयो: नरेन्द्र मोदी स्टेडियम।'

पुराना मिडिया रिपोर्टहरुका अनुसार पनि स्टेडियमको नाम सरदार पटेल स्टेडियम नै देखिन्छ।

यद्यपि गुजराजका उपमुख्यमन्त्री नितिन पटेलले यसलाई अस्विकार गर्दै मोटेरा स्टेडियमको नाम परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिएको दाबी गरेका छन्।

नामलाई लिएर राजनीति किन हुँदैछ?

कंग्रेस नेता राहुल गान्धीले यसविषयमा ट्वीटमा लेखेका छ्न: सत्य कति खुबीले अगाडि आउँछ। नरेन्द्र मोदी स्टेडियम, अडानी एंड- रिलायसन्स एंड, जय शाहको अध्यक्षतामा,' उनले ह्यासट्याग पनि झुण्डाइदिए: 'हमदोहमारेदो'

 

उनको ट्वीट संसदमा बजेटको चर्चासँग जोडिएको छ। त्यतिबेला संसदमा भाषणपछी उद्योगपतिहरु अडानी र अम्बानीको नाम जोडिएको थियो जसलाई स्टेडियममा लगेर गान्धीले जोडे।

कंग्रेसका प्रवक्ता पवन खेडाले पत्रकार सम्मेलन गर्दै आरोप लगाए: इतिहास तपाईंलाई त्यतिबेला याद गर्नेछ जब तपाईं ऐतिहासिक काम गर्नुहुनेछ। यो सरकारले त्यस्तो केही काम गरेको छैन। तर पनि इच्छा छ कि इतिहासमा नाम आओस?

यस्तोमा चर्चा हुन स्वाभाविक छ कि आफू कार्यकालमा रहँदा रहँदै प्रधानमन्त्रीको नाममा स्टेडियम बनाउन मिल्छ?यसको जवाफ भारतीय खेलमन्त्री किरेण रिजिजुले एक पत्रकारको ट्वीटमा क्वोट ट्वीट गर्दै दिएका छन्: 'परिवार'को नाममा जति स्पोर्टस् कम्प्लेक्स, स्टेडियम र खेल पुरस्कार छन्, त्यसको दशमलब एक प्रतिशत पनि हामीले गरेका छैनौं।'

 

बीबीसी हिन्दीबाट भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell