PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर



पहिलोपोस्ट

अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर

काठमाडौंः बिहीबार बिहान ७८ वर्षीय रामबहादुर थापा लुटिएका छन्।

ललितपुरको गोदावरी नगरपालिका ६ लले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ।

ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन्। सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस भएपछि नगद र सुन लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell