PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेको भन्दै अभियन्ताले भत्काए ढलान

कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेको भन्दै अभियन्ताले भत्काए ढलान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कमलपोखरीको मध्यभागमा कंक्रिटको कमल ठड्याउन लागेपछि अभियन्ताहरुले त्यहाँ बनाइएको संरचना भत्काएका छन्।

काठमाडौं महानगरपालिकाले नयाँ स्वरुपमा निर्माण गरिरहेको कमलपोखरीमा कंक्रिटको प्रयोग भएको भन्दै केही समय अघि देखि नै स्थानीय र अभियन्ताहरुले विरोध गर्दै आएका थिए। महानगरले भने पुरै पोखरीमा नभइ केही क्षेत्रमामात्रै 'ब्युटिफिकेशन' गर्ने भन्दै कंक्रिटको प्रयोग गरिएको बताएको छ।

पहिला पोखरी सुकाएर वरिपरि कंक्रिटको संरचना निर्माण गरिएको थियो। केहीदिन अघिमात्रै मध्यभागमा कंक्रिटको कमल ठड्याउन ढलान गरिएको हो।

अभियन्ताहरुले कंक्रिटको प्रयोगले सिमसार मानिएको कमलपोखरीको पानीको स्रोत विनाश हुने बताउँदै आएको छ। यता महानगरले भने कमल पोखरीमा कुनै असर नपर्ने दाबी गर्दै आएको छ।

गुरु योजना नै बनाएर कमलपोखरी निर्माण सुरु गरेको महानगरले पोखरी परिसरमा रहेको क्ल्ब, सत्संग भवन र प्रहरी कार्यालयको भवन भत्काइसकेको छ। कमलपोखरीकै विषयलाई लिएर त्यस क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गगन थापा र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यबीच विवाद बढेको छ।

काठमाडौं महानगरले भन्दा पहिला गगन थापाको नेतृत्वमा कमल पोखरी निर्माण सुरु भएको थियो। करिब ४ करोड त्यही बेलामा खर्च भएको स्थानीयले बताउँदै आएका छन्। थापाको समयमा समेत पोखरी परिसरमा कंक्रिटको प्रयोग भएको थियो। अहिले महानगरले बनाएको डिजाइनमा समेत थापाले सहमति जनाएका थिए। तर अहिले अभियन्ताहरुले विरोध गरेपछि थापा महानगरले पोखरी निर्माणको काम रोक्नुपर्ने बताउँदै आएका छन्। यता, महानगरले भने पोखरीको काम कुनै हालतमा नरोकिने बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell