चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी विरुद्धको विजयको घोषणा गरे। यो घोषणासँगै सिले गरिबी निवारणमा योगदान दिने एक हजार ९८१ जना व्यक्ति तथा एक हजार ५०१ गाउँ/समूहलाई सम्मान गरे।
सम्मानित हुनेमा ९८ वर्षका सम्म छन्। स्या सन ९८ वर्ष भइन्। सन १९२३ सेप्टेम्बरमा जन्मिएकी उनी सन् १९८२ मा चाइनिज एकडेमी अफ सोसल साइन्सबाट सेवानिवृत्त भएकी थिइन्। १५ वर्षकै उमेरमा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिएकी स्या लामोसमय सामान्य जीवन विताइन्।
अवकाश प्राप्त गरेपछि उनले आफ्नो जीवनभरको बचत २० लाख युयान गरिबीको रेखामुनी रहेका बालबालिकाको शिक्षामा खर्च गर्न दान गरिन्। सान्सी प्रान्तको तानफङ र जियाङसी प्रान्तको साङयोका १८२ विद्यार्थीको क्याम्पस पढ्ने सपना स्या सन छात्रवृतिले पूरा गरिदिएको छ।
बिहीवार ग्रेट हलमा आयोजित समारोहमा सम्मानपत्र लिन ह्वील चेयरमा पुगेकी स्यालाई राष्ट्रपति सिले झुक्दै सम्मानपत्र प्रस्तुत गरे। स्या उठ्न चाहन्थिन्। तर, राष्ट्रपतिले उनलाई रोकेर आफै निहुँरिए।

यसरी सम्मानित हुनेमा कतिको मृत्यु भइसकेको छ। क्वासी चुआङ स्वशासित क्षेत्रको पाइनी गाउँकी पूर्वपार्टी प्रमुख हुवाङ वेनसस्युको मृत्यु २०१९ को जुन १७ मा भइसकेको छ। मृत्यु हुँदा उनी ३० वर्षकी मात्र थिइन्। २०१६ मा बेइजिङ नर्मल युनिभर्सिटीबाट पढाइ सकेर उनी आफ्नो गाउँ फर्किइन्। उनले २०१८ मार्च देखि गाउँमा गरिबी निवारणको नेतृत्व गरेकी थिइन्। उनको प्रयासबाट उनको गाउँका ८८ घरधुरीका ४१८ जना गरिबीको रेखाबाट माथि उठेको चाइना डेलीले जनाएको छ। सन् २०१९ को जुन १७ मा अतिवर्षका कारण आएको बाढीमा उनको मृत्यु भएको थियो।
.jpeg)
हुवाङ वेनसस्यु
झाङ स्याओजुआन ३४ वर्षकी थिइन जब उनको मृत्यु भयो। कान्सु प्रान्तको च्वोउछु काउन्टीको गरिवि निवारण तथा विकास कार्यालयको उपप्रमुखको रुपमा कार्यरत उनको २०१९ मा अक्टोवर ७ मृत्यु भयो। उनी आफ्नो कामका सिलसिलामा २०८ गाउँ घुमेर त्यहाँका गरिब जनताको जीवनस्तर सुधारका लागि काम गरिन्। उनको प्रयासलाई सम्मान गर्दै राष्ट्रपति सिले मरणोपरान्त सम्मान अर्पण गरिन्।

झाङ स्याओजुआन, ३४ वर्ष
माओ स्याङलिन अहिले ६२ वर्षका भए। छोङचिनको उसान गाउँ १६ वर्ष अगाडिसम्म सडकको पहुँचबाट बाहिर थियो। १६ वर्ष अगाडि उनले १०० जना गाउँलेको नेतृत्व गर्दै ८ किलोमिटर सडक खने। उपत्यकाको तल्लो भेगमा रहेको गाउँलाई बाहिरी दुनियाँसँग जोड्न उनले गाउँलेको नेतृत्व गर्दै घरेलु औजारको प्रयोग गरे। सडक गाउँसम्म पुर्याउँदा ६ जनाले ज्यानसमेत गुमाएका थिए।
उनको यो प्रयासले उनको गाउँ गरिबीको रेखा माथि उठ्न मद्दत गर्यो। बिहीवार सम्मानित हुने मध्ये उनी पनि एक हुन्। सिन्ह्वाले जनवरी ७ मा उनको एउटा फोटो प्रकाशित गरेको थियो। जहाँ उनी पिठ्युमा सुन्तालाले भरिएको डोको बोकिरहेका थिए। हातमा मोवाइल थियो। उनी फलफुल किन्ने ब्यापारीसँग सम्पर्क गर्दै थिए। अहिले त्यहाँको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर बजारीकरण अभियान चलेको छ। जसले गरिबी निवारणमासमेत योगदान दिइरहेको छ।

माओ स्याङलिन
चिनियाँ कम्युनिस्ट पार्टीको सतवार्षिकीको चार महिना अगाडि राष्ट्रपति सिको यस्तो घोषणा आएको हो। चीनले यस वर्षको मध्यसम्ममा समाजलाई सबै कुरामा सामान्य समृद्धको घोषणा गर्ने तयारीमा छ। योसँगै २०२१ मा पहिलो शताब्दीमा हासिल गर्ने भनेको पहिलो शताब्दी लक्ष्य हासिल गरेको छ। त्यस्तै चीनले दोस्रो शताब्दीको लक्ष्य २०४९ मा समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा सम्पन्न र सामाञ्जस्यपूर्ण आधुनिक सामाजवादी राष्ट्र निर्माणको लक्ष्य हासिल गर्ने बताइएको छ।
चीनले यसबीचमा सबै ग्रामिण क्षेत्रका गरिब जनतालाई अहिलेको मापदण्ड अनुसार गरिबीबाट माथि उकासेको छ। जसमध्ये ८३२ काउन्टीहरु, एक लाख २८ हजार गाउँ र करिब १० करोड जनसंख्याको जीवनस्तर सुधार गरिएको छ।
