PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित



पहिलोपोस्ट

बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित
तस्बिर : एन्फा

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युथ क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको ११ औं मिनेटमा दोर्जे तामाङको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। यद्यपि २६ औं मिनेटमा खुमलटारका कप्तान सबिन केसीले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा खुमलटारका आदिल हमिदले अग्रता दिलाए। उनले खेलको ४८ औं मिनेटमा अग्रता बनाए। उता सातदोबाटोका लागि ६१ औं मिनेटमा अशिष राईले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ७४ औं मिनेटमा भुवन बस्नेतले गोल थप्दा सातदोबाटोले ३-२ गोलअन्तरले जित निकाल्यो।

जितसँगै सातदोबाटोले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ। ७ खेलबाट सातदोबाटोले १९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको खुमलटारको १६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell