PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा



पहिलोपोस्ट

निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

बक्स अफिसमा सफल मानिएको फिल्म ‘कबड्‌डी’को चौंथो सिरिज निर्माण हुने भएको छ।

‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’को सफलतापछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी-४’ बनाउन लागेका हुन्। उनले फेसबुकमार्फत फिल्मको पोस्टर सेयर गर्दै ‘कबड्डी-४’ फाइनल म्याच लेखेका छन्।

 

KABADDI 4 : THE FINAL MATCH coming soon ... 2078

Gepostet von Ram Babu Gurung am Donnerstag, 25. Februar 2021

यसअघि प्रदर्शनमा आएका फिल्मका तीनवटै सिरिजलाई दर्शकले रुचाएका थिए। यो अन्तिम सिरिज हुने छ।

फिल्मको छायांकन वैशाखदेखि शुरु हुने र आउँदो वर्ष नै फिल्म रिलिज गर्ने निर्देशक रामबाबु गुरुङले बताए।

‘अहिलेलाई पोस्टर मात्र रिलिज गरेका हौँ। फिल्मबारे थप जानकारी भने एक हप्ता पछि सार्वजनिक गर्ने छौँ,’ उनले पहिलो पोस्टसँगको कुराकानीमा भने।

साथै अभिनेता दयाहाङ राईले समेत फेसबुकमा फिल्मको पोस्टर सेयर गरेका छन्। यसअघि रिलिज भएका फिल्मको ३ वटै सिरिजमा दयाहाङको नै मुख्य भुमिका रहेको थियो। उनको अभिनयलाई दर्शकले निकै रुचाएकाँ थिए।

 

Gepostet von Dayahang Rai am Freitag, 26. Februar 2021

साथै फिल्ममा पुराना कलाकारका साथै नयाँ कलाकार हुने समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell