PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय वीरगंजबाट पक्राउ



पहिलोपोस्ट

हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय वीरगंजबाट पक्राउ

वीरगंज : वीरगंजबाट ७ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी थाना वडा नम्बर २५ बस्ने वर्ष ४० का सन्जय गुप्ताल र सोही स्थान बस्ने वर्ष ३७ का विनोद कुमार रहेका छन्।

पर्सा प्रहरीले उनीहरुलाई वीरगंज-१६ रजतजयन्ती चोकबाट चेकिङको क्रममा पक्राउ गरेको हो। भारतीय बीआर ०५ एडी ५८६९ नम्बरको मोटरसाइकलबाट आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतबाट बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ बमोजिम ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पछिल्लो पटक भारतबाट ठूलो परिमाणमा हुन्डीको नेपाली रुपैयाँ भित्रिन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell