PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सर्वोच्चको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्यो : मन्त्री प्रभु साह



राधेश्याम पटेल

सर्वोच्चको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्यो : मन्त्री प्रभु साह

वीरगंज : शहरी विकास मन्त्री प्रभु साहले पछिल्लो पटक सर्वोच्च अदालतले संसद विघटनको सम्बन्धमा गरेको फैसलाले देशमा अस्थिरता निम्त्याउने बताएका छन्। पर्साको छिपहरमाई गाउँपालिकाको टिहुकी सेढामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

बहुमतको सरकारको प्रधानमन्त्रीले विघटन गरेको संसदलाई सर्वोच्चले फैसला गर्दै जिवित पारेकोप्रति असन्तुष्टि जनाउँदै उनले सो फैसलाले देश संकट तथा अस्थिरतातर्फ गएको पनि टिपण्णी गरे।

मन्त्री साहले भने, ‘दुई तिहाई बराबरको सरकारका प्रधानमन्त्रीलाई नेकपाकै केही नेताहरुको स्वार्थमा हटाउन षड्यन्त्र भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसाद विघटन गर्ने निर्णयमा पुग्नु भयो, त्यसपछि देश चुनावमा गइरहेको बेला अचानक सर्वोच्चको फैसलाले देशलाई संकटमा धकेलेको छ।’

उनले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको चर्चा गर्दै जनकपुरधाम अहिले कमिसनको लेनदेन गर्ने आखडा बनेको पनि उनले आरोप लगाए। उनले प्रदेश सरकारले तीन वर्षमा प्रदेश २ को जनताको हित हुने कुनै पनि उदाहरणीय विकासको काम नगरेको पनि आरोप लगाए। प्रदेश सरकारको अहिलको मुख्य एजेन्डा प्रदेश विकसित र समृद्ध पार्ने हुनुपर्नेमा खाली बजेटमा कमिसन खोज्ने मात्र भएको पनि मन्त्री साहको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell