काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूहरु २०५२ सालकै स्थितिमा रहेको बताएका छन्।
प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनर्स्थापनापछि प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न उठेको भन्दैमा रिमालले फेसबुकमा लेखेका छन्, ‘यी विषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहाँ थियौं र अहिले पनि त्यहींँ नै छौं।’
रिमालले प्रश्न गरेका छन्, ‘दुई प्रधानमन्त्रीहरू मनमोहन अधिकारी र केपी शर्मा ओली। राजीनामा गर्ने कि हाउसको सामना गर्ने? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ?’
संसद पुनर्स्थापना भएकै दिन पनि रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र संसद फेस गर्ने बताएका थिए। प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रश्न उठिरहेका बेला रिमालले मनमोहनको उदाहरण दिँदै ओली संसद फेस गरेर अगाडि बढ्ने स्पष्ट पारेका हुन्।
२०५२ सालमा मनमोहनले गरेको विघटनलाई सर्वोच्च अदालतले बदर गरेको थियो। त्यतिबेला अल्पमतमा रहेका मनमोहनले संसद फेस गरेर असफल भएपछि अस्पतालको बेडबाट राजीनामा दिएका थिए।
प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुन:स्थापना, प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न! यी बिषयमा — प्रश्न...
Posted by Bishnu Rimal on Saturday, February 27, 2021
