काठमाडौं: धादिङ र सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माण हुने भएको छ।
पुनर्निर्माणका लागि भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले ४ वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धादिङका १२ र सिन्धुपाल्चोकका १३ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले ५३ करोड आर्थिक सहयोग गर्नेछ।
स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ।
