PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

शशांकको दावी : कांग्रेसले कुनै पनि दलको पक्ष लिएको छैन



निशा गुरुङ

शशांकको दावी : कांग्रेसले कुनै पनि दलको पक्ष लिएको छैन

हेटौँडा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनै पनि दलको पक्ष नलिएको प्रष्ट पारेका छन्। रेडियो मकवानपुरको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले नेकपा अझै पनि आधिकारिक रुपमा एक भएको भन्दै अहिले कुनै पनि पक्षमा नेपाली कांग्रेस नलागेको बताए। अहिलेको अवस्था महत्वपूर्ण र संवेदनशील रहेको भन्दै उनले अब संसदमा अवस्था कस्तो आउँछ सोही अनुसार कांग्रेस अघि बढ्ने बताए।

यस्तै, कार्यक्रममा नेकपा प्रचण्ड-माधव नेपाल समूहकी सांसद मुनु सिग्देलले नेपाली कांग्रेससँग मिलेर अघि बढ्न खोजिएको बताइन्। देशमा कांग्रेस र कम्युनिस्ट मिल्दा धेरै प्रभावकारी कामहरु भएको उल्लेख गर्दै उनले अझै पनि मिलेर अघि बढ्न सकिने बताइन्। उनले अझै पनि देश संकटमा रहेको भन्दै संयुक्त आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको औँल्याइन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अहिले पनि कानुनको उल्झनमा पारेर देशलाई थप अन्यौलताको अवस्थामा धकेल्ने प्रयास भइरहेको आरोप लगाए। कांग्रेस हिंशाको बाटोमा जान नचाहेकोले आन्दोलन नगरेको प्रष्ट पार्दै उनले शान्ति र विधि-प्रक्रिया अनुसार अघि बढ्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell