PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली



पहिलोपोस्ट

प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली
फाइल फोटो।

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औँ वार्षिक साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्। उनले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि यस्तो खतरा बढेको बताए।

उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौँ। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौँ। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौँ। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ। हामी त्यसलाई कार्यान्वयन गर्छौँ। तर, कतै फेरी संसद सांसदहरुको खरिद बिक्रीको थलो बन्ने त होइन? कतै सांसद फेरी दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन?’

मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए।

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले बताए। गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको पनि उनको भनाइ थियो। तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको पनि उनले बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell