PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मनमोहनलाई स्मरण गर्दै माधव नेपाललाई ईश्वर पोखरेलको प्रश्न : छुद्र र अनैतिक दबाब किन?



पहिलोपोस्ट

मनमोहनलाई स्मरण गर्दै माधव नेपाललाई ईश्वर पोखरेलको प्रश्न : छुद्र र अनैतिक दबाब किन?

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै प्रश्न गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन्।

उनले ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्दा सर्वोच्च अदालतले खारेज गरेको र मनमोहन अधिकारीले अस्वस्थताका कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको स्मरण गरे।

उनले स्टाटसमा लेखेका छन्, ‘यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन्!! यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किन? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति!?

ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२...

Gepostet von Ishwar Pokhrel am Samstag, 27. Februar 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell