PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा, मेस्सीको गोल



पहिलोपोस्ट

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा, मेस्सीको गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलअन्तरले जित निकालेको हो।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे।

खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले दोस्रो गोल थपे। उनले खेलको ८५ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै २५ खेलबाट ५३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले २३ खेलबाट ५५ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell