PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस



पहिलोपोस्ट

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस हेलास भेरोनासँग बराबरीमा रोकिएको छ। मार्कान्टोनिओ बेन्टेगोडी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भेरोनासँग युभेन्टस बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले खेलमा अग्रता दिलाए। यता घरेलु टोलीका एन्टोनिन बाराकले ७७ औ मिनेटमा गोल फर्काउँदा खेल १-१ को बराबरीमा रोकियो।

गएराति नै भएको सिरी ए कै अर्को खेलमा बोलोग्नासँग लाजियो २-० ले पराजित भयो।

तालिकाको ९ औं स्थानमा रहको भेरोनासँग पराजित भएसँगै शीर्ष दुईमा रहेका इन्टरमिलान र एसी मिलानसँग अंकदुरी घटाउने अवसरबाट तेस्रो स्थानको युभेन्टस चुकेको छ।

सिरि ए को शीर्षतीनमा रहका इन्टर मिलान, एसी मिलान र युभन्टसले समान २३ खेल खेल्दै क्रमश ५३, ४९ र ४६ अंक जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell