PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

साइकल यात्रीमाथि दुई मोटरसाइकलको पालैपालो ठक्कर, घटनास्थलमै मृत्यु



पूजा पन्थी

साइकल यात्रीमाथि दुई मोटरसाइकलको पालैपालो ठक्कर, घटनास्थलमै मृत्यु
प्रतीकात्मक फोटो

बुटवल : रुपन्देहीको सैनामैना—१ बर्मा चोकमा दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक साइकल यात्रीको ज्यान गएको छ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको दुईवटा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साईकल यात्रीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ।

लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले साइकल यात्रुलाई पहिलो ठक्कर दिएको र तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको अर्को मोटरसाइकलले थप दोस्रो ठक्कर दिँदा यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।

रन्यौरा प्रहरी चौकी मुर्गियाका अनुसार घाईते भएका मोटरसाइकल चालक र त्यसमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell