PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ



पहिलोपोस्ट

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए।

प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्व प्रधान न्यायाधीशहरुले सर्वोच्चमा उपस्थित भएर अवहेलनामा मुद्दामा लिखित जवाफ बुझाइसकेका छन्। पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश भएको छ।

त्यस्तै, अध्यक्ष दाहालविरुद्ध शुक्रराज आरणसमेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell