PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्वोच्चलाई प्रचण्डको जवाफ : सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठान्छन्, त्यसैले निवेदन दिए



पहिलोपोस्ट

सर्वोच्चलाई प्रचण्डको जवाफ : सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठान्छन्, त्यसैले निवेदन दिए

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्। उनले दिएको लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको दाबी प्रस्तुत गरेका छन्। बरु सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठानेर यस्ता निवेदन हाल्ने गरेको तर्क गरेका छन्।

अध्यक्ष दाहालले बुझाएको लिखित जवाफमा भनिएको छ, 'सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्। त्यसैले यस्ता निवेदन हाल्न लगाउँदछन्। तसर्थ यसमा अदालत विचलित हुनै सक्दैन। हाम्रो र मेरो दल यसमा सचेत छ। अदालतप्रति बढी भरोसा छ।'

प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो। अध्यक्ष दाहालले जुलस, नारा, भाषणले  सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने तर्फ गरेका छन्।

'सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो। त्यो जुलुस नारा र भाषणको ब्याख्या गर्ने होइन, तसर्थ हाम्रो जुलुस नारा भाषणले स्वतन्त्र सक्षम न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुनै सक्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell