PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

मानिस अपहरण गरेर फिरौती मागेको अभियोगमा तीन जना समातिए



पहिलोपोस्ट

मानिस अपहरण गरेर फिरौती मागेको अभियोगमा तीन जना समातिए

काठमाडौंः जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अपहरण गरी फिरौती मागेको अभियोगमा तीन जनालाई समातेको छ।

शनिवार मोरङ जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका वडा नम्बर ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले विराटनगर महानगरपालिका वडा नम्बर १८ खोक्सा बस्ने २३ वर्षीय सुभाष कामतलाई अपहरण गरेर १० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जानकारी दिएको छ। अपहरण भएको जानकारी परिवारले प्रहरीलाई गराएपछि करिब २ घण्टामा उद्धार गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell