PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीको लोगो प्रयोग गरी फेसबुक आइडी खोलेर आपराधिक गतिविधि गरेको आरोपमा एक किशोर समातिए



पहिलोपोस्ट

प्रहरीको लोगो प्रयोग गरी फेसबुक आइडी खोलेर आपराधिक गतिविधि गरेको आरोपमा एक किशोर समातिए

काठमाडौंः प्रहरीको लोगो दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय साइवर ब्युरोको टोलीले कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर २ घर भएका  १८ वर्षीय प्रज्वल पोखरेललाई नियन्त्रणमा लिएको हो।

उनले प्रहरी प्रधान कार्यालय साइवर ब्युरोको आधिकारिक लोगो दुरुपयोग गरेर फेसबुक आइडी खोली आर्थिक लाभ लिने खालेको आपराधिक गतिविधि गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell