PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख'



पहिलोपोस्ट

'नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख'

काठमाडौं : नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। 

शुक्रवार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। शनिवारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए। 

झाका अनुसार शनिवारभन्दा आइतवार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। जोशीलाई आइतवार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ। उनले आँखा भने अझै खोलेका छैनन्।  

यस्तै, आइतवार जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ। 

‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डाक्टर झाले भने, ‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell