PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रचण्ड - नेपाल समूहलाई सहयोग गरेको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङ



पहिलोपोस्ट

प्रचण्ड - नेपाल समूहलाई सहयोग गरेको भन्दै गृहमन्त्री थापाले हटाए स्वकीय सचिव तामाङ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ' बादल'ले स्वकीय सचिव हटाएका छन्।

थापाले स्वकीय सचिव बिरु तामाङलाई सचिवालयबाट हटाएका हुन्। तामाङले आफ्नो सचिवालयमा बसेर प्रचण्ड-माधव नेपाल समूहलाई सहयोग तथा सूचना दिएको आरोप लगाउँदै हटाइएको हो। उनी थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि स्वकीय सचिव थिए।

'गृहमन्त्रीको सचिवालयमा बस्ने तर प्रचण्ड- नेपाल समुहमा सुचना दिने र पदको बार्गेनिङ गर्ने गरेको थाहा पाएपछि हटाइएको हो,' गृह मन्त्रालय स्रोतले भन्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनका सल्लाकार सूर्य सुवेदीले गृहमन्त्रीका सल्लाहकारबाट राजीनामा दिइसकेका छन्। त्यसपछि उनी प्रचण्ड- नेपाल समूह सक्रिय भएर लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell