PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, मर्नेको संख्या ३३९ पुग्यो



रासस

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, मर्नेको संख्या ३३९ पुग्यो
फाइल तस्विर

काठमाडौं: कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्।

सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ को निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा दुई लाख ७० हजार ३२५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell