PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउन सुगर, आफ्नो नभएको भन्दै प्रहरी प्रति आक्रोश



पहिलोपोस्ट

न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउन सुगर, आफ्नो नभएको भन्दै प्रहरी प्रति आक्रोश

काठमाडौंः प्रहरीले लागु औषधीसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ की ४२ वर्षीया तुलसा पोखरेललाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी तुलसा न्यायाधीशकी श्रीमती भएको खुलेको छ। उनी उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्।

तुलसाको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीबाट २ दशमलव २२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ। आफ्नै घरमा पार्किङ गरेर राखेको स्कुटरको डिकीमा ब्राउन सुगर भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए। लागुऔषध बरामद गर्दा उनी घरमा नै थिइन्।

उनी लागु औषध प्रयोगकर्ता वा कारोबारी के हुन् भन्ने खुल्न सकेको छैन। उनले अहिलेसम्म लागुऔषध आफ्नो भएको स्वकार गरिसकेकी छैनन्।

तुलसाले प्रहरीले सोधेको कुरामा जवाफ नदिने बरु उल्टै 'प्रहरीको हुर्मत' लिने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्य समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell