PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ



पहिलोपोस्ट

कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौं : हुण्डीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले तीन जना हुण्डी कारोबारीलाई कुलेश्वर फलफुल बजारबाट १८ लाख ७८ हजार रुपैयाँ सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल कुलेश्वर स्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफुल बजारका फलफुल पसल संचालक वर्ष ३७ का नवराज कार्की, नुवाकोटकै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल तार्केश्वर नगरपालिका वडा नम्बर १० बस्ने कार्कीको पसलका कामदार वर्ष २४ का सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भई कुलेश्वर बस्ने वर्ष ५६ का सत्य नारायण प्रसाद रहेका छन्।

आइतवार १६:४५ बजे काठमाडौं वडा नम्बर १४ कुलेश्वरस्थित कुलेश्वर फलफुल बजारमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell