इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले बर्नलीमाथि सहज जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा बर्नलीमाथि घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो।
टोटेनहमको जितमा ग्यारिथ बेलले दोहोरो गोल गर्दा लुकास मौरा र ह्यारी केनले एक/एक गोल गरे।
खेलको दोस्रो मिनेटमै सन ह्युङ मिनको पासमा गोल गर्दै बेलले अग्रता दिलाएका थिए। त्यस्तै १५ औं मिनेटमा बेलको पासमा केनले अर्को गोल थपे। घरेलु टोलीका लागि तेस्रो गोल लुकास मौराले ३१ औं मिनेटमा गर्दा पहिलो हाफमा टोटेनहम तीन गोलले अघि रह्यो। दोस्रो हाफमा फेरि बेलले नै अर्को गोल थपे। उनले खेलको ५५ औं मिनेटमा सन ह्युङ मिनको पासमा गोल गर्दा टोटेनहमले ४-० को सानदार जित निकाल्यो।
जितसँगै २५ खेलबाट ३९ अंक जोडेको टोटेनहम तालिकाको ८ औं स्थानमा उक्लिएको छ। त्यस्तै बर्नली २६ खेलबाट २८ अंक जोड्दै तालिकाको १५ औं स्थानमा छ।
